९ असार २०८३, मंगलबार

नेप्सेमा २०.७६ अंकको गिरावट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । सेयर बजार परिसूचक नेप्सेमा आज २०.७६ अंकको गिरावट आएको छ । साताको अन्तिम कारोबार दिनबिहीबार नेप्से २०.७६ अंकले घटेर २००५.८३ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इण्डेक्स ३.४९ अंकले घटेर ३५९.५७ विन्दुमा झरेको छ ।

ऋाज कारोबार भएका कम्पनीमध्ये ४९ कम्पनीको मूल्य बढ्दा १९७ वटाको घटेको छ । दुई कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।
ऋाज उत्पादन समूह १.१४ र फाइनान्स ०.३३ प्रतिशत बढेका छन् । बैंकिङ ०.९६, विकास बैंक ०.८७, होटल तथा पर्यटन १.४८, लगानी १.५४, जीवनबीमा १.०७, माइक्रो फाइनान्स ०.५२, निर्जीवन बीमा १.४६, अन्य ०.९० र व्यापार समूहमा ०.६० प्रतिशतको गिरावट आएको छ ।

आज जम्मा तीन सय नौ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर ३ अर्ब २० करोड ६१ लाख ६७हजार २५ रुपैयाँमा कारोबार भएका छन् । बजार घटे पनि बुधबारको तुलनामा कारोबार रकममा सामान्य सुधार भएको छ । बुधबार २ अर्ब २४ करोड १९ लाख रुपैयाँको कारोबार भएको थियो ।

घटेको बजारमा पनि समाज लघुवित्त वित्तीय संस्थाको सेयरले भने दिनहुँ सर्किटस्तरको बढोत्तरी कायम राखेको छ । एकैदिन करिब एकसय ९८ रुपैयाँ बढेको समाजको सेयर प्रतिकित्ता २ हजार १ सय ७६ पुगेको छ । समाजपछि जोशी हाइड्रोपावर र सामलिङ पावरको सेयर बढेको छ । बोटलर्स नेपालमा दुवै कम्पनी आज चौथो र पाँचौ नम्बरमा रहे ।

रोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स अगाडि छ । उक्त कम्पनीको सेयर १४ करोड ८७ लाखको कारोबार भएको छ । गुर्खाज फाइनान्सको १४ करोड, जोशी हाइड्रोपावरको ८ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।