२४ जेष्ठ २०८३, आइतबार

यस्तो छ, गुण्डा नाइके गणेश लामामाथि अपहरण गरी २० करोड फिरौती मागेको घटनाको नालीबेली

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामाले अपहरण गरी फिरौती लिएको आरोप लागेको छ। युवा व्यवसायी ज्ञानेन्द्र खड्काले आफूलाई लामा र सहदेव कक्षपति लगायतले अपहरण गरी करौडौंको फिरौती रकम कागज गराएको भन्दै सामाजिक सञ्जालमार्फत आरोप लगाउनुभएको हो ।

आफूलाई गत पुस २३ गते ललितपुरको ढोलाहिटी आदर्श टोलबाट अपहरण गरी सानेपास्थित लन्डन हाउसमा लगेर ८ घन्टाभन्दा बढी बन्धक बनाएको खड्काले जनाउनुभएको छ । विवादास्पद पृष्ठभूमिका लामा र कक्षपतिले कोठामा थुनेर आफूलाई बन्धक बनाई धम्की र त्रासबीच करकापमा फिरौतीस्वरुप करोडौंको लेनदेनको कागज गर्न बाध्य बनाएको खड्काको आरोप छ। खड्काले आफूलाई २० करोड रकम फिरौतीको कागज गराएको उल्लेख गर्नुभएको छ ।

घटनाबारे प्रहरी प्रशासनलगायत सबै ठाउँमा उजुरी गरेर परिवारलाई सुरक्षित स्थानमा राखेर मात्र आफूले प्रेस विज्ञप्तिमार्फत घटना सार्वजनिक गर्न सकेको पनि उहाँले लेख्नुभएको छ। उहाँले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘डकैतहरूलाई पैसा मोह भए जस्तै हामीलाई ज्यानको सुरक्षा महत्वपूर्ण भएकाले समयमै सार्वजनिक गर्न सकिएन। यहाँबाट निस्केर घरपरिवारलाई भनिस् र पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गरेकाले दिमागी रुपमा समेत ठूलो असर परेको छ। पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानुनी कठघरामा उभ्याउनु मेरो प्रमुख प्राथमिकता थियो। त्यसैले आज सबै कानुनी प्रक्रिया सकेपछि हिम्मत जुटाएर यो लेख्दैछु।’

जाहेरीपछि पनि मुद्दा कमजोर बनाउन खोजिएको र एक सातासम्म पनि कारबाही अघि नबढेको भन्दै खड्काले अहिले आएर फिरौतीस्वरुप लिएको २५ लाख फिर्ता गरेर मिलापत्र गर्न दबाब दिइरहेको तर आफूले नमानेर मुद्दामै जाने पनि उल्लेख गर्नुभएको छ । आफूलाई बन्धक बनाएर वडा कार्यालयमा मिलापत्रको कागज दर्ता गराए पनि यसमा आफ्नो मञ्जुरी नरहेको पनि खड्काले बताउनुभएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जाहेरी ललितपुर परिसरमा पठाइएको बताए। ‘हाम्रोमा जाहेरी आएको थियो, प्रारम्भिक अनुसन्धान गरी हामीले जाहेरी ललिपुर परिसरमा पठाएका छौं,’ राठौरले भन्नुभयो।

ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले अपराध महाशाखाले लामाविरूद्ध अनुसन्धान गरी प्रतिवेदन पठाएको बताए। खनालले लामाविरूद्ध मुद्दा दर्ता गरी अनुसन्धान थालिएको बताए। ‘मुद्दा दर्ता भएपछि हामीले अनुसन्धान थालेका छौं, मिसिल अध्ययन गरिरहेका छौं,’ खनालले भन्नुभयो ।

यस्तो छ घटनाको नालीबेली

गत पुस २३ गतेको घटना हो। पीडित खड्काका अनुसार लामा र कक्षपतिलगायतले ढोलाहिटी आदर्श टोलबाट अपहरण गरे। उनीहरूले सानेपास्थित लण्डन हाउस पुर्‍याए। होटलमा लगेर आठ घन्टाभन्दा बढी कोठामा थुनेर बन्धक बनाए।

अपहरण गर्दा उनीहरूले खड्काको गाडी छेकेका थिए। मास्क र टोपी लगाएर उनलाई त्यहाँबाट होटल पुर्‍याएका थिए। कोठमा थुनेपछि उनीहरूले भने – तँ सँग २००र३०० करोड पैसा उठाउनु छ। त्यसक्रममा उनीहरूले भने – हामीसँग पुलिसरसिआइबी सबै मिलेको छ उनीहरूले खड्काको क्रिप्टो मोबाइल र ल्यापटप कब्जा गरेर भने – तुरुन्तै हाम्रो क्रिप्टो अकाउन्टमा ट्रान्सफर गर।

उनीहरूले मोबाइल र ल्यापटप हेर्दा केही नभेटेपछि जबरजस्ती करकापमा पारेर २० करोडको कागज गराएको खड्काले बताएका छन्। ‘धम्की र त्रास देखाएर करकापमा करोडौंको लेनदेन कागज गराए,’ खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ। ‘उनीहरूको एउटै उदेश्य म सँग क्रिप्टो बिटक्वाइन छ भन्ने प्रलोभनमा परेर सबै पैसा ट्रान्सफर गरौं, म पुलिसकोमा जाने हिम्मत गर्दिनँ भन्ने रहेछ,’ खड्काले लेख्नुभएको छ।

ज्यानको सुरक्षा महत्वपूर्ण भएकोले समयमै आफूले यो घटना सार्वजनिक नगरेको बताए। ‘किनकि, त्यहाँबाट निस्केर घर परिवारलाई भनिस् र पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गर्ने गरेकोले दिमागी रूपमा समेत ठूलो असर पुराएको छ,’ उनले लेखेका छन्, ‘पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानुनी कठघरामा उभ्याउनु मेरो प्रमुख प्राथमिकता थियो, त्यसैले आज सबै कानुनी प्रक्रिया सकाएपछि हिम्मत जुटाएर यो लेख्दैछु।’

घर-परिवारलाई भने वा पुलिसकोमा गए जहाँ गए पनि नछोड्ने भनी लामा र कक्षपतिले धम्क्याएको उनले उल्लेख गरेका छन्। ‘तँलाई जहाँ गए पनि छोड्दिन र २०र३० लाख खर्च गरेर केटा लगाएर मार्दिन्छुसम्मको धम्की दिएका थिए,’ उनले भनेका छन्।

जाहेरी दिनुअघि आफैंले नेपाल सरकार, प्रहरी प्रशासन र कानुनी सल्लाहकारहरूसँग भेटेर नै सल्लाह गरेको उनले बताए। त्यसपछि अपराध अनुसन्धान कार्यालयमा २०८० साल माघ २८ गते आफूले ‍जाहेरी दिएको खड्काले बताउनुभयो । कार्यालयले सात दिनपछि ललितपुर परिसरमा थप अनुसन्धानका लागि फाइल पठाएको खड्काले बताउनुभयो।

खड्काले मुद्दा कमजोर बनाउन लामा र कक्षपतिले हुँदै नभएको कुराहरू गर्ने, मिलापत्र गर्दैछौं भनी भ्रमित गर्ने गरेको उल्लेख गर्नु भएको छ। ‘निज अपहरणकारीहरूद्वारा मुद्दालाई कमजोर बनाउनको लागि हुँदै नभएको फगत कुराहरू गर्ने, हामी ज्ञानेन्द्र खड्कासँग मिलापत्र गर्दैछौं, चितवन(काभ्रेमा समेत दुई ग्रुपबीच छलफल भएको छ जस्तो भ्रामक कुरा प्रहरी प्रशासनसमक्ष पुयाएको र हामी मिलापत्र भइसक्यो, ज्ञानेन्द्र खड्काले मुद्दा फिर्ताको लागि निवेदन दिन्छ भनेको सुन्नमा आएको छ,’ उहाँले विज्ञप्तिमा लेख्नुभएको छ। भ्रामक कुराहरू गरेर, प्रमाणहरू मेटाउन खोज्ने र अनुसन्धान प्रक्रियामाथि नै अलमल गराउनेसम्मको प्रपन्च गरिरहेको सुन्नमा आएको उहाँले लेख्नुभएको छ।

‘म जीवनभर दिमागबाट नमेटिने गरी परेको चोट खपेर यी अपराधीहरूसँग मिलापत्र गर्ने कुरा सोच्न पनि सक्दिनँ, यति धेरै आँट र हिम्मत जुटाएर मात्र कुख्यात आपराधिक समूहसँग कानुनी लडाइँ लड्ने मनस्थितिले जाहेरी दिएको छु। मलाई मिलापत्र गरौ, फिरौती स्वरुप लिएको २५ लाख पैसा पनि फिर्ता दिन्छु, कागज पनि च्यात्छु र कुन(कुन कागजमा सही छाप गर्नुपर्छ गर्छु भनेर पटक(पटक विभिन्न मान्छेहरूबाट खबर पनि पठाएको थियो तर मैले मलाई यत्रो धम्की, त्रास र मानसिक तनाव दिइसकेपछि धेरै आँट र हिम्मत गरेर जाहेरी दिएको हुँ,’ उनले भनेका छन्, ‘अब जे कारबाही हुन्छ प्रहरी-प्रशासन र अदालतबाट हुन्छ। म व्यक्तिगत रूपमा माफी दिन सक्दिन भनेर पटक(पटक मिलौं भनेर खबर ल्याउने व्यक्तिहरूलाई समेत भनेको छु।‘

जाहेरी दिएको १० दिनबढी हुँदा ठोस रूपमा कारबाही अगाडि नबढेको र अलि ढिलासुस्ती भइरहेको पनि हुने सक्ने सम्भावना रहेको उहाँले बताउनुभएको छ।

‘मलाई पुस २४ गते वडा कार्यालयमा दर्ता गर्न जानुपर्छ भनिएको थियो। किनकि, घटना घटेको दिन बेलुका ८ बजेतिर बल्ल एक जना वकिल बोलाएर कागज गराएको थियो र म भोलिपल्ट वडा कार्यलय दर्ताको लागि गइनँ र मेरो अनुपस्थिति र मन्जुरीबिना वडा कार्यलयमा समेत अपहरणकारी आफैं गएर एकल प्रमाणित गरिएको छ भन्ने बुझ्नमा आएको छ,’ खड्काले लेख्नुभएको छ।