बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो

दैनिक नेपाल २०८० फागुन ९ गते १३:३१

काठमाडौं, ९ फागुन । पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको ग्रिन सिग्नल पाएपछि ग्यालेक्सी टिभीका पूर्वसञ्चालकसमेत रहेका रविमाथि अनुसन्धान अघि बढाइएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि त्यसमा प्राविधिक रूपले सघाइरहेको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणलाई लिएर गत माघ २२ गते सहकारीपीडितले पूरक निवेदन दिएका थिए । त्यसपछि प्रधानमन्त्री र गृहमन्त्री दुवैले त्यसमाथि चासो बढाएका छन् ।

सूर्यदर्शन सहकारीको ठगी प्रकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन रहेका बेला प्रहरीमा पनि ठगीविरुद्ध उजुरी परेको हो ।

यसअघि गत भदौमा पनि प्रहरीमा उजुरी परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित