२८ असार २०८३, आइतबार

सुनचाँदीको मूल्य बढ्यो

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागनु । सुनचाँदीको भाउ बढेको छ ।

बुधबार तोलामा ४०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो ।