बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

नैतिकता नभएको मन्त्री, हुतिहारा प्रधानमन्त्री : केपी ओली

दैनिक नेपाल २०८० फागुन ८ गते १३:५५

काठमाडौं, ८ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा दोषी देखिनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई कारबाही नभएकोमा आपत्ति जनाउनुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले सरकारले नै बनाएको आयोगले तोकेर मन्त्रीलाई दोषी देखाउँदा पनि कारबाही गर्न नसकेर हुतिहारापन देखाएको बताउनुभएको हो ।

गठबन्धनलाई कुनै लोकलाज नभएको उहाँको भनाइ छ । ‘दोषी मन्त्री (ज्वाला) हो भनेर सरकारले नै बनाएको आयोगले तोकेर भनेको छ। यस्तो सरकार छ कि न मन्त्री राजीनामा गर्छ, नैतिकता भन्ने चिज नै छैन। सरकारसँग हटाउने हुती छ,’ उहाँले भन्नुभयो, ‘नैतिकता नभएको मन्त्री, हुतिहारा प्रधानमन्त्री !’

ओलीले सत्तारुढ गठबन्धन पूर्णत: असफल भएको बताउनुभयो । उहाँले गठन्धनको असफलताले देश संकटमा परेको आरोप लगाउनुभएको हो ।

गठबन्धनको काम एमालेविरुद्ध गतिविधि गर्नु रहेको आरोप लगाउँदै गठबन्धनको असफलताले देशको आर्थिक, सामाजिक, शैक्षिक तथा कृषि क्षेत्रमा संकट देखापरेको उहाँको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत आफ्नो एक वर्षको समीक्षा गर्दा आफू सुध्रिने बताएको भन्दै उहाँले गठबन्धन पूर्णअसफल भएको बताउनुभएकोे हो ।

प्रतिक्रिया
सम्बन्धित