१८ असार २०८३, बिहिबार

किसान सडकमै दूध पोखेर आन्दोलनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

६, फागुन, चितवन । चितवनका दूध उत्पादक किसानहरुहरुले दूधको रकम भुक्तानी र विक्रीवितरण सहजीकरणको माग गर्दै भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध पोखेर आन्दोलनमा उत्रिएका छन् ।

उत्पादित दूधले बजार नपाएको र विक्री भएको दूध तथा दुग्धजन्य पदार्थको भुक्तानी नपाएको भन्दैं किसानहरुले दूध सडकमै पोखेर विरोध जनाएका हुन् ।

चितवन जिल्ला दूध उत्पादक सहकारी संघको आह्वानमा जिल्लाका विभिन्न सहकारीमा आवद्ध भएका किसानहरुले दूध पोखेका थिए ।
उनीहरुले सडकमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्रसमेत बुझाएका छन् । पछिल्ला महिनाहरुमा दूध बिक्री वितरण हुन छाडेको, बल्लतल्ल बिक्री भएको दूधको समेत भुक्तानी नपाएकोले सडकमै दूध पोखेर आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको चितवन जिल्ला दुध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए ।