२५ असार २०८३, बिहिबार

रुसी सेनाबाट भागेका ४० जना नेपाली जंगलमा अलपत्र, ९४ जनाको मृत्यु

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा जंगलमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उहाँले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा उहाँहरु अलपत्र परेकाले कूटनीतिकमार्फत् उहाँहरुको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

साथै उहाँले रुसी सेनामा भर्ती भएका ९४ जना नेपालीको मृत्यु भएको जानकारी दिनुभयो । सांसद अर्यालले रुसी सेनामा भर्ती भएका एक हजार नेपाली घाइते भएका र पाँच हजार नेपाली रुसी सेनामा भर्ती भएको बताउनुभयो ।

उहाँले उक्त तथ्यांक अपुष्ट भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।