६ असार २०८३, शनिबार

राष्टिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ६ फागुन । राष्ट्रिय सभा बैठक आज बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रहरूको व्योहोरा पढेर सुनाउनुहुनेछ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापति मायाप्रसाद शर्माले ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन २०८० पेश गर्नुहुनेछ ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले राष्ट्रिय सरोकार तथा समन्वय समिति तहगत अन्तरसम्वन्ध र सबन्ध विषयक अध्ययन प्रतिवेदन २०८०’ पेश गर्नुहुनेछ ।

विधायन व्यवस्थापन समितिकका सभापति जयन्ती देवी राइले ‘विधायन सम्वन्धी विधेयक २०८०’ को प्रतिवेदन पेश गर्नुहुनेछ भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रबर्दन सबन्धी केही ऐनलाइ संशोधन गर्ने विधेयक २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

साथै, उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्यागमन विधेयक २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गरिने महासचिव पदम प्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।