
काठमाडौं, ६ फागुन । प्रतिनिधि सभा बैठक आज बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनु हुनेछ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा सदस्यहरूले सोधेको प्रश्नको जवाफ दिनुहुनेछ ।
साथै, राष्ट्रिय सभामा उत्पति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य तथा विज्ञान विश्वविधालय विधेयक २०८०’ का सबन्धमा राष्टिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राष्ट्रिय सभामा उत्पति भएको ‘अनुगमन तथा मुल्याङकन विधेयक सबन्धी प्रतिवेदन २०८०’ पेश गर्नुहुनेछ ।
सांसद प्रेम सुवालले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तर दायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० लाई अस्विकार गरियोस् भनी राख्नु भएको प्रस्तावलाइ निर्णयार्थ प्रस्तुन गरिने भएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तर दायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ लाई स्विकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ ।
साथै, मन्त्री महतले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदम प्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।








प्रतिक्रिया