२४ असार २०८३, बुधबार

कर्णाली उत्सवको पाँचौ संस्करण बुलबुले उद्यानमा सुरू

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ५ फागुन । ‘कर्णाली उत्सव’ कुडा कर्नालीकाको पाँचौँ संस्करण वीरेन्द्रनगर बुलबुले उद्यानमा सुरू भएको छ । शनिबारदेखि सुरू भएको उत्सव तीन दिनसम्म चल्ने छ ।

उत्सवको उद्घाटन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले गर्नुभएको छ । उत्सवमा प्रकोप र पूननिमार्ण, समाज, साहित्य र विकास, लोकतन्त्र र सुशासनका विषयमा छलफल हुनेछ । उत्सवमा कर्णालीको रुपान्तरणको लागि गन्थन, मन्थन र चिन्तन हुने आयोजक ऋति फाउण्डनेशनले जनाएको छ ।

उत्सवका कार्यकारी निर्देशक दिनेश गौतमले २०७६ सालदेखि सुरु भएको कर्णाली उत्सवको यात्रा अनवरत चलिरहेको बताउनुभयो । ‘पाँचौं संस्करणमा आइपुग्दा आइपुग्दा थप परिष्कृत र परिमार्जित हुँदै गएको छ । कर्णालीले आफनो कुरा आफै भन्न थालेको छ । कर्णालीमा बसेरै पनि राष्ट्रिय मुद्धाहरुमा बहस गर्न सकिन्छ भन्ने सन्देश दिएको छ’ उहाँले भन्नुभयो ।

निर्देशक गौतमले विचारहरुको पनि उत्सव हुन्छ भन्ने कुराको मानक स्थापित गर्न सफल भएको बताउनुभयो । ‘५ वर्षको अन्तरालमा ७० भन्दा बढी सत्रमार्फत २५० भन्दा वढी वक्ताले यही मञ्चबाट कर्णालीलाई सुन्ने सुनाउने बुझ्ने बुझाउने चेष्टा गर्नुभएको छ’ उहाँले भन्नुभयो ।

आयोजक सहरका तर्फबाट वीरेन्द्रनगरमा बहसको बहार विषयमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले विचारको बहसले कर्णालीमा नयाँ डिस्कोर्स सुरु भएको बताउनुभयो । ‘कुराबाट विचार उत्पन्न हुन्छ । विचार र बहसले विकासको थालनी हुन्छ’ उहाँले भन्नुभयो, ‘त्यसका लागि कर्णाली उत्सव जस्ता बहस गर्ने थलोका आवश्यक छ ।’ सामााजिक न्यायको क्षेत्रमा समेत कर्णाली पछि परेकोले त्यसका लागि पनि बहस आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले कर्णालीको विकास, राजनीति, सामाजिक न्यायका कुरामा समेत बहस हुन आवश्यछ रहेको बताउनुभयो । ‘कर्णालीमा दुःखका मात्र नभइ समृद्धि र सम्भावनाका कुरा हुन् आवश्यक छ । हामीले हाम्रा कुरा भन्न आवयक छ । त्यसका लागि यस्ता बहसको महत्व छ । हामीले हाम्रो विरासतका विषयमा बोल्न आवश्यक छ । यो विचारको वहस राष्ट्रिय र अन्तिराष्ट्रिय स्तरमा स्तरमा सुनिन आवश्यक छ,’ उहाँले भन्नुभयो ।

पहिलो दिन उत्सवमा ५ वटा सत्र हुनेछन् । पहिलो सत्रमा इपिसेन्टरको बारेमा छलफल हुनेछ । यसमा चैत्र १७ गते जाजरकोटमा गएको भूकम्पलाई केन्द्रविन्दु बनाएर छलफल हुनेछ । दोस्रो सत्रमा पैकेलो रहेको छ । यसमा जीवन प्रशिक्षक नरबहादुर कार्की वत्ता रहनुभएको छ । यस्तै शनिबारकै अर्को सत्र संकट र सेवा रहेको छ भने चौथौं सत्रमा जोखिम र जुइन्या जुक्तिमा छलफल हुनेछ । पहिलो दिनको अन्तिम सत्रमा कर्णाली कन्सर्टः सांगीतिक साँझको आयोजना गरिएको छ । यो उत्सवमा १३ वटा सत्रका ६३ जना वक्ता रहेका छन् ।