१ असार २०८३, सोमबार

बालकुमारी घटना : मन्त्री ज्वालालाई बर्खास्त गर्न अनेरास्ववियुको माग

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ।

ललितपुर घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले घटना भएको निष्कर्ष निकालेपछि तत्काल बर्खास्त गरेर कारवाही गर्न सरकारसँग माग गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उन्मुक्ति दिने गरी प्रतिवेदनलाई मन्त्रालयको दराजमा मात्र नथन्काउन तथा यस प्रकारका घटनालाई गम्भिरतापुर्वक लिन गठबन्धन सरकारलाई चेतावनी समेत दिन चाहन्छौँ । दोषीहरु उपर कार्वाही नगरिए अनेरास्ववियु सरकारको दण्डहीनतालाई प्रश्रय दिने रबैया विरुद्ध कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछ ।

सो घटनामा प्रहरीको गोली लागेर सुजन राउत र विरेन्द्र शाहको मृत्यु भएकोको थियो ।