३० जेष्ठ २०८३, शनिबार

वन्यजन्तु संरक्षणको लागि नेपाल सरकारको ठोस योजना छैन् : मन्त्री महतो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले वन्यजन्तु संरक्षणको लागि नेपाल सरकारको ठोस योजना नभएको बताउनुभएको छ ।

आज ‘वन्यजन्तु संरक्षण र वातावरणीय न्याय’ विषयक एक दिवसिय सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय मञ्चहरुमा वन्यजन्तु संरक्षण प्रतिबद्धता गरे पनि उनीहरुको संरक्षण्को लागि ठोस योजना नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यसैगरि हामीले धेरै कुराहरुमा प्रतिबद्धता गरेका छौं, अन्तर्राष्ट्रिय मञ्चहरुमा यति वर्षमा यति वन्यजन्तु संरक्षण गरेर बढाउँछौं भनेर तर वन्यजन्तु बढ्दै गयो भने यसलाई संरक्षण गर्न नेपाल सरकारको ठोस योजना र परियोजनाहरु के छ, भन्ने कुरा हामीले बिर्सिरहेका हुन्छौं ।’

यस्तै, उहाँले जनावरहरु बढेसँगै उनीहरुका लागि बासस्थानको अभाव भएको भन्दै यसको निचोड निकाल्नको लागि पनि सुझाव दिनुभएको छ । उहाँले भन्नुभयो, ‘जनावरहरु बढेको छ तर उनीहरुको लागि बस्ने ठाउँको अभाव भएको छ । हामीले निकुञ्जभित्र घाँसे मैदानहरु बनाए पनि उनीहरुको लागि ठाउ प्रयाप्त भएन भने उनीहरु जाने कहाँ भन्दा बाहिर नै निस्किन्छन् । यसबारेमा केही निचोड निकालियो भन्ने सुझाव दिन चहान्छु ।’ अहिलेको समयमा सबैभन्दा ठूलो झगडा वन्यजन्तु र मानिस बीचमा रहेको पनि उहाँको भनाई छ ।

सोही कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको पहिचानसँग जोडिएका नेपालको धरोहरलाई बचाइराख्न वातावरण संरक्षण त्यत्तिकै महत्वपूर्ण भएको बताउनुभयो । उहाँले विकास र वातावरणबीच सन्तुलन गरी दिगो विकासको लक्ष्य हासिल चुनौति रहेको भन्दै यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको पहिचानसँग जोडिएका नेपालको धरोहरलाई बचाइराख्न वातावरण संरक्षण त्यत्तिकै महत्वपूर्ण छ । जलवायु परिवर्तनलाई रोक्न र त्यसका प्रभावहरुको न्युनिकरण गर्न वातावरण संरक्षण त्यत्तिकै अपरिहार्य रहन्छ । विकास र वातावरणबीच सन्तुलन गरी दिगो विकासको लक्ष्य हासिल गर्न पनि चुनौतिहरु कायम नै छन् । अव्यवस्थित बसोबास प्राकृतिक श्रोतमाथिको अत्यधिक दोहन भइरहेको छ ।’