३० जेष्ठ २०८३, शनिबार

एमाले थाहा-६ को वडा अध्यक्षमा पुनः भट्ट

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ५ फागुन । नेकपा (एमाले) थाहा नगरपालिका वडा नम्बर ६ को वडा अधिवेशनबाट पुनः मनहरी भट्टको अध्यक्षतामा वडा कमिटी गठन भएको छ ।

कमिटीको उपाध्यक्षमा सुमित्रा लामा, सचिवमा विजय श्रेष्ठ, उपसचिवद्वयमा सुदर्शन सिं ठकुरी, जानकी श्रेष्ठ चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा नानु मिजार, राजकुमार विडारी, बालकुमारी गोपाली, कृष्ण प्रसाद बलामी, महेश गोले, रवीन्द्र महर्जन, भीमसेन बलामी र आत्माराम थिङ चयन हुनुभएको छ ।

जिल्ला कमिटी सदस्य एवं थाहा नगर सह-इञ्चार्ज शशीधर सुवेदीको प्रमुख आतिथ्यतामा भएको वडा अधिवेशनले आगामी नगर अधिवेशनका लागि खुल्ला तर्फ १० र ५ महिला सहित १५ जना प्रतिनिधि चयन गरेको छ ।

खुल्ला तर्फ मनहरी भट्ट, महेन्द्र बलामी, बाबुराम बलामी, सुदर्शन सिं ठकुरी, दिपक विडारी, कृष्ण बलामी, विष्णुबहादुर बलामी, जनकमान बलामी, श्रीकृष्ण विडारी र विष्णु अधिकारी हुनुहुन्छ ।

यसैगरी महिला प्रतिनिधितर्फ यशोधा अधिकारी, कल्पना बलामी, बिन्दु महर्जन, सोनु श्रेष्ठ र रामदेवी गोपाली चयन हुनुभएको छ ।