
काठमाडौं, ५ फागुन । अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताले महिला सशक्तिकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको बताउनुभएको छ ।
शनिबार चौथो लधुवित्त सदस्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले देशभरबाट २७ लाख महिलाहरु लघुवित्तमा सहभागि रहेको उललेख गर्दै यसले महिलालाई आत्मनिर्भर बनाएको बताउनुभयो । अहिले केही प्रवृत्तिहरुले सहकारी र लघुवित्तमा आएका विचलनबाट राजनीतिक लाभ लिएको भन्दै सरकार चुप लागेर नबस्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘लघुवित्तलाई कसरी स्वस्थ बनाउने भन्ने हामी सबैको चासोको विषय हो । तर केही प्रवृत्तिहरु लघुवित्त र सहकारीमा देखिएको विचलनबाट फाइदा उठाएर राजनीतिक लाभ लिन खोजिरहेका छन् । यो खतरनाक प्रवृत्ति हो । यसको प्रतिवाद गर्न सबै तयार हुनुपर्छ ।’
गरिब र विपन्नलाई ध्यानमा राखेर आम जनताका मुद्दाहरु टुङ्ग्यानुपर्ने उहाँको भनाइ छ । अर्बौं कर्जा प्रवाह गर्ने सरकारको सामथ्र्य नहरेको उल्लेख गर्दै अर्थमन्त्री महतले बेलैमा सबैले सचेत भएर दायित्व पूरा गर्नुपर्ने उहाँको भनाइ छ ।









प्रतिक्रिया