३ श्रावण २०८३, आइतबार

चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ५ फागुन । चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१२ गोन्द्राङ बस्ने सुनिता श्रेष्ठको ३ वर्षीय छोरा विमर्श श्रेष्ठ रहेका छन् । उनलाई शुक्रबार साँझ ६ः१० बजेको समयमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका विमर्शको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा शुक्रवार राति ८ः१८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

विमर्शलाई टाउकोमा चोट लागि गम्भिर अवस्थामा उपचारको लागि अस्पताल पुर्‍याइएको थियो । ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको प्रहरीले बताएको छ ।