२५ जेष्ठ २०८३, सोमबार

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

केन्द्रीय कार्यसमितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई–मधेश क्षेत्रमा सञ्चालित प्रशिक्षणको समीक्षा बैठकले गर्ने बताइएको छ ।

पार्टीको सांगठनिक अवस्था, भावी कार्ययोजना तथा आन्दोलन र बृहत् राष्ट्रवादी मोर्चा निर्माणका बारेमा पनि छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशाबारे धारणा राख्नुहुनेछ ।