३१ जेष्ठ २०८३, आइतबार

टीकापुरबाट लागुऔषधसहित २ जना पक्राउ

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ५ फागुन । कैलालीको टीकापुर नगरपालिकाबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–९ झुंगाका ३२ वर्षीय राजकुमार चौधरी र सोहि पालिकाको–१ नम्बर वडा दुर्गानगरका २० वर्षीय सागर चौधरी रहेका छन्।

उनीहरुलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट सादापोशाकमा गएको प्रहरी टोलीले शुद्ध तौल १ ग्राम ५९० मिलिग्रा लागुऔषध (खैरो हेरोईन) सहित पक्राउ गरेको हो । जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।