७ असार २०८३, आइतबार

एमालेको गुह्येश्वरी–धाप ड्याम यात्रा आज, अध्यक्ष ओलीले सम्बोधन गर्ने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । नेकपा एमालेले गुह्येश्वरी–धाप ड्याम यात्रा आज शनिबार बिहान १० बजे बाट सुरु गर्ने भएको छ ।

एमाले अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी ओलीको नेतृत्वमा ‘गुह्येश्वरी धाप ड्याम यात्रा’ गर्न लागेको एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहान १० बजे पार्टी अध्यक्ष ओलीको नेतृत्वमा पशुपति गुह्येश्वरीबाट धाप ड्यामतर्फ जाने कार्यक्रम रहेको छ । करिडोर, सुन्दरीजल हुदैँ ड्याम पुग्ने र आलापोटमा आएर सभामा परिणत हुनेछ । सभालाई पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने बताइएको छ ।

निरौलाले धाप ड्याम जस्ता निमार्णका कामहरु सम्पन्न गर्न सरकारलाई सुझाव दिने र जनदबाब सिर्जना गर्ने उद्देश्यका साथ यात्रा गर्न लागेको भन्दै यसले अर्थतन्त्र सुधारमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उपत्यकामा पानीका स्रोतहरुको व्यवस्थापन गर्ने र नदीहरुलाई सफा बनाउनको लागि यस्ता ड्यामहरु उपत्यकाका क्षेत्रमा निर्माणको काम अगाडि बढाउन जरुरी भएको पनि उहाँको भनाई छ ।

आयोजनाहरु उपत्यकाका स्थानीय पालिका, संघीय र प्रदेश सरकारले सञ्चालन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउने एमालेको उद्देश्य छ ।