१ असार २०८३, सोमबार

वाणिज्य बैंकहरूमा उत्कृष्ट बन्यो एनआईसी एशिया

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । ​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल भएसँगै बैंकले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गरेको छ।

‘सरोकार वालाहरूको पहिलो रोजाईको बैंक बन्ने संकल्पका साथ शुरू भएको हाम्रो अनवरत सहयात्राको फलस्वरुप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै वाणिज्य बैंकहरू मध्य उत्कृष्ट बैंक मध्यमा पर्न हामी सफल भएका छौं’, जारी विज्ञप्तिमा भनिएको छ ।​

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्नमा सबैको अतुलनीय योगदान रहेको भन्दै एनआईसी एशियाले सबैप्रति आभार प्रकट गरेको छ ।

‘हामी प्रति अगाध स्नेह एवं भरोसा दर्साइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिनु हुने हाम्रा समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, शेयरधनीहरू, कर्मचारीहरू, लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति अत्यन्त अनुग्रहित हुँदै सादर नमन गर्दछौं’, बैंकले भनेको छ ।

यस्तो छ बैंकको विज्ञप्ति