६ असार २०८३, शनिबार

महालक्ष्मी विकास बैंक नेप्सेको ‘ए’ वर्गमा पर्न सफल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

४ फागुन, काठमाडौं । विकास बैंकहरू मध्ये अग्रणी महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेन्ज लिमिटेडद्वारा हिजो फागुन ३ गते जारी गरिएको संगठित संस्थाको वर्गीकरणमा “ए” वर्गमा परेको छ ।

धितोपत्र सुचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पुरा भएको, विगत तीन आर्थिक वर्ष लगातार मुनाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेश गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गरेको संस्थाहरू “ए” वर्गमा पर्ने व्यवस्था रहेको र सोही बमोजिम महालक्ष्मी विकास बैंक “ए” वर्गमा पर्न सफल भएको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ७ लाख ग्राहकहरू रहेका छन् । साथै गत पुस २८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित गरिसकेको छ ।