२३ जेष्ठ २०८३, शनिबार

नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्तिबाट सेवा लिँदा छुट पाउने

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनबाट सेवा लिँदा १० प्रतिशत छुट पाउनुहुने भएको छ ।

बैंकका ग्राहकले नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिती कार्ड, एन बैंक वा बैंक ट्रान्सफर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनुहुनेछ ।

हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर–पेडिक्योर, नेल आर्टलगायत अनुहार र सौन्दर्यलगायत सम्पूर्ण सेवामा यस्तो छुट उपलब्ध हुने उल्लेख गरिएको छ।

यस्तो छुट उपलब्ध गराउने सवालमा बैंक र हेयर एण्ड शान्ति बिच समझदारी गरिएको हो। समझदारी पत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्‍सन विभागका प्रमुख निरज शर्मा र हेयर एण्ड शान्तिका युनिसेक्स सलुनकी संचालक बिनीता बुढाथोकीले हस्ताक्षर गर्नुभएको हाृ ।

बैंक र हेयर एण्ड शान्तिबीच भएको समझदारीले नबिल बैंकका ग्राहकलाई सहुलियत मूल्यमा सौन्दर्यमा सेवा लिन सहयोग पुग्ने बैंकले जनाएको छ।