
काठमाडौं, ४ फागुन । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भविष्यमा आउनसक्ने चुनौतिहरुको सामना गर्न सान्दर्भिक राजनीतिक दर्शनको आवश्यकता रहेको औंल्याएका भएको छ ।
पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शक्तिशाली राष्ट्रहरू बीचको वैमनस्यले गर्दा विकासउन्मुख देशहरुले क्षति व्यहोर्नुपरेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो,‘भविष्यमा आउनसक्ने समस्या र चुनौतीहरुलाई सामना गर्न वर्तमान समाज सान्दर्भिक राजनीतिक दर्शनको आवश्यकता पर्छ । शक्तिशाली राष्ट्रहरूविचको वैमनस्यले गर्दा हुने क्षतिको स्रोत हो । अरूको मूल्यमा आफ्नो प्रभाव प्रयोग गर्ने प्रयासमा संसारमा हावी हुनु अथाह छ । समाज र राष्ट्रहरू बीचको यो द्वन्द्व आजपनि यसरी नै जारी छ र यसले सबै राष्ट्र र जनताका लागि विनाशकारी प्रभाव पारेको छ ।’
चरमपन्थी निरंकुश राष्ट्रहरुको शासनले अनावश्यक मानवीय पीडा, युद्ध र अकल्पनीय क्षति निम्त्याएको ओलीको भनाइ छ ।
गरिब विरुद्धको लडाईंमा सफलता हासिल गर्नु नेपाली विकासको अवधारणा रहेको बताउँदै ओलीले एमाले ‘समृद्ध नेपाल: सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्न प्रतिवद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।








प्रतिक्रिया