
काठमाडौं, ४ फागुन । नेपाली बजारमा आज सुनको मूल्य छ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन छ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १७ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ५५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने आज ३५ रूपैयाँले बढेको छ । आज चाँदी ३५ रूपैयाँले बढेर १४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया