१० श्रावण २०८३, आइतबार

दाङमा गोली हानी श्रीमतीको हत्या, श्रीमान पक्राउ

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ४ फागुन । दाङमा गोली हानेर महिला प्रहरीको हत्या भएको छ ।

घोराहीको दामोदर चोकमा डिउटीमा रहेकी महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान प्रहरी हवल्दार यमबहादुर झाक्रीले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ ।

गोली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरिएको दाङ प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिनुभयो ।

झाक्री नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत प्रहरी रहेको बुझिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।