५ असार २०८३, शुक्रबार

बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, २ जना घाइते

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, ४ फागुन । बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्युभएको छ भने दुईजना घाइते भएका छन् ।

बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए ।

जिप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।