२८ असार २०८३, आइतबार

राजनीतिक दलले असल व्यवहार अनुसरण गर्नुपर्छ : सभामुख घिमिरे

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट (उदयपुर), ४ फागुन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक दल र तिनका नेताले राम्रो काम र व्यवहारको अनुसरण गर्नुपर्ने बताउनुभएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा प्रजातान्त्रिक योद्धा गम्भीरबहादुर थापाको बिहीबार सालिक अनावरण गर्नुहुँदै सभामुख घिमिरेले उहाँले नेपालमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो । उदयपुरको माटोमा जन्मिनुएका थापा २००७ सालको प्रजातान्त्रिक योद्धाका साथै गान्धिवादी नेता भएको उहाँले उल्लेख गर्नुभयो ।

विसं २००७ मा राणा शासनविरुद्ध लड्नुभएका थापाले प्रजातन्त्र स्थापनापछि स्वदेशमा उत्पादन गरिएको कपडा लगाउने भन्दै विराटनगर जुटमिलबाट उत्पादित लुगा मात्र लगाउनुभएको सभामुख घिमिरेले स्मरण गर्नुभयो ।

गम्भीरबहादुर थापा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सांसद् अमर रायमाझी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरे, प्रहरी प्रमुख रमेश थापासहित जिल्लाका विभिन्न राजनीतिक दलका नेतालगायतको उपस्थिति थियो ।

जिल्ला हुलाक कार्यालयका प्रमूख हरिप्रसाद खत्रीका अनुसार स्व. थापाको फोटोसहितको रु १० को टिकट बिहीबारदेखि प्रयोगमा आएको छ ।