
काठमाडौं, ३ फागुन । नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
आज बसेको सचिवालय बैठकले फागुन ८, ९ र १० गतेका लागि बैठक बोलाएको हो ।
सातौं केन्द्रीय कमिटीको बैठकले संगठन सुदृढीकरणसम्बन्धी कार्ययोजना तय गर्ने पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।
यस्तै, बैठकले प्रचार विभागमा तीनजना सदस्य थप गरेको छ । प्रचार विभागमा मणिराज बाँस्तोला, माधव नेपाल र इन्द्र आचार्य थपिनुभएको हो ।








प्रतिक्रिया