
काठमाडौं, ३ फागुन । निर्वाचन आयोगले दर्ता भएका सबै राजनीतिक पार्टीहरुलाई १५ बुँदे निर्देशन जारी गरेको छ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार सबै दललाई आआफ्नो विवरण बुझाउन आयोगले निर्देशन दिएको हो ।
आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालले बिहीबार विज्ञप्ति जारी गर्नुहुँदै दलले आफ्नो नाम, विधान, झण्डा, छाप, चिह्न परिवर्तन भएको भए आयोगमा अद्यावधिक गर्न आग्रह गर्नुभएको हो ।
‘दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्हमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएका विषयको जानकारी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिन भित्र आयोगलाई दिने,’ विज्ञप्तिमा भनिएको छ ।








प्रतिक्रिया