३१ जेष्ठ २०८३, आइतबार

रौतहटमा सरस्वतीको मूर्ति सेलाउने क्रममा हमला

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ३ फागुन । भारतीय सिमानासँगग जोडिएको रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिकामा दुइवटा मन्दिरमा आगजनी गरेको घटना नसेलाउँदै अर्को घटना भएको छ। सरस्वती माताको मूर्ति सेलाउन जाने क्रममा बिहीवार आक्रमण हुँदा एकजनाको टाउको फुटेको छ भने केही घाइते भएका छन् ।

ईशनाथ-५ जटहरा गाउँबाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँ छेउ अडुवा नदीमा सेलाउन जाने क्रममा दिउँसो २ बजे मोतिपुर गाउँमा मुस्लिम समुदायको मानिसले अचानक ढुंगामुढा प्रहार गर्दा स्थानीय नरेश पासवानको टाउको फुटेको तथा अन्यलाई चोटपटक लागेको हो ।

सरस्वती माताको मूर्ति लिएर दर्जनौंको संख्यामा गइरहेको हिन्दू समुदायका मानिसमाथि एक्कासी ढुंगामुढा प्रहारसँगै खुर्सानीको धूलो आँखामा फालेको प्रत्यक्षदर्शीले स्थानीय बाबुलाल साहले जानकारी दिनुभयो । आक्रमणको क्रममा त्यहाँ उपस्थित रहेका प्रहरी मुकदर्शक बनेको उहाँको आरोप छ। घटनाको खबरलगत्तै रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ घटनास्थल पुग्नुभएको छ ।

हाल हिन्दू समुदायका मानिस मूर्ति बाटोमा राखेर प्रदर्शनमा उत्रिएका छन्। एसपी श्रेष्ठसहितको टोली घटनाको छानबिनसँगै साम्य पार्न पहल गरिरहेको त्यहाँ पुगेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताउनुभएको छ । घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ। केही दिनअघि मात्र त्यहाँ एकैरात हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी भएको थियो।

रौतहट संसदीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत दुर्गा पूजा , सरस्वती पूजा, विश्वकर्मा पूजा, महाबिरी झण्डाको विसर्जनको क्रममा बर्सेनि एकपक्षीय आक्रमण हुँदै आएको स्थानीयले बताएका छन। पूजा बिसर्जनको समय प्रत्येक बर्ष ठूलो संख्यामा प्रहरी परिचालन गरिए पनि पूर्ण रुपमा शान्ति हुनसकेको देखिँदैन।