१६ असार २०८३, मंगलबार

एमाले धादिङको अध्यक्षमा पुन: भूमि त्रिपाठी विजयी

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । नेकपा (एमाले) धादिङको अध्यक्षमा भूमि त्रिपाठी विजयी हुनुभएको छ ।

उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँले प्रतिस्पर्धी डा. रामकुमार अधिकारीलाई पराजित गर्नुभएको हो ।

त्रिपाठीले ३०९ मत पाउनु भयो भने पराजित अधिकारीले २३८ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षममा त्रिपाठी प्यानलकै अर्जु श्रेष्ठ, सचिवमा राधिका सापकोटा र उपसचिमा महिलातर्फ उर्मिला रेग्मी र खुलातर्फ भक्तवहावदुर लामिछाने निर्वाचित हुनुभयो ।