
मोरङ, ३ फागुन । मोरङको पथरीशनिश्चरे वडा नम्बर ४ आसपासमा केहि दिनदेखि लगातार चोरी भइरहेको छ । केही दिनदेखि वडा नम्बर ४ का घरहरूमा निरन्तर चोरी भइरहेको थियो ।
बुधबार राति वडा नम्बर ८ मा पर्ने सिद्देश्वर बचत तथा ऋण सहकारीमा चोरी भएको छ । सहकारीको झ्याल फुटाएर भित्र पसेको चोरले ५ लाख ३९ हजार ५४७ रुपैया नगद चोरेको हो ।
चोरले सिसि क्यामेराको हार्ड डिक्स समेत चोरेर लगेको संस्थाका लेखा समिति संयोजक सुवास गौतमले जानकारी दिनुभयो ।








प्रतिक्रिया