७ असार २०८३, आइतबार

प्रवासी नेपाली मञ्च मलेसिया राष्ट्रिय कमिटी सम्मानित

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलेसिया, ३ फागुन। प्रवासी नेपाली मञ्च मलेसिया राष्ट्रिय कमिटीलाई सम्मान गरिएको छ ।

प्रवासी नेपालीहरुको हितमा गरेको कार्यको प्रशंसा गर्दै नेपाल तामाङ घेदुङ, मलेसियाले प्रवासी नेपाली मञ्चका अध्यक्ष दयाराम कुमाललाई सम्मान पत्र प्रदान गरेको हो ।

नेपाली राष्ट्रिय सांस्कृतिक पर्व तामाङ समुदायको महान पर्व मञ्जुश्री संवत् २८६० मु/डुक ल्हो (बहुल बर्ग)  सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ मलेसियाद्वारा आयोजित कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल र तामाङ घेदुङ मलेसियाका अध्यक्ष मिलन थिङले कुमाललाई सम्मान पत्र प्रदान गर्नुभएको हो ।

तामाङ घेदुङ मलेसियाले हरेक वर्ष सामाजिक योगदान गर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ । प्रवासी नेपाली मञ्चले मलेसियामा रहेका नेपालीहरूको हकहितमा अतुलनीय भूमिका निर्वाह गर्दै आएको छ ।