
काठमाडौं, ३ फागुन । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी हङकङको प्रशिक्षण तथा चिनियाँ नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले चिनियाँ नयाँ बर्षको पूर्वसन्ध्यामामा आयोजित प्रशिक्षणमा झण्डै ३० बर्ष अगाडि देखिका साथीहरूसँग भेटन पाउँदा खुसी व्यक्त गर्नुभयो । भारत बाहेकको एमालेको प्रवासको पहिलो पार्टी कमिटी र त्यसका कामको निरन्तरता आजको प्रवास कमिटी र काम भएको उहाँले बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, सचिवालय सदस्य प्रभु थापा, भक्त गुरूङ अन्तर्राष्ट्रिय कमिटीकी सदस्य जानकी कार्की, महादेश कमिटी सदस्य दलहग्ग नेम्वाङ लगायतले सम्बोधन गर्नुभएको थियो ।
हङकङ कमिटीका अध्यक्ष सत्यप्रसाद घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण कमिटीका सदस्य भीम गुरूङले गर्नुभएको थियो ।










प्रतिक्रिया