२७ जेष्ठ २०८३, बुधबार

त्रिभुवन विमानस्थलबाट पाँच लाख डेनिस क्रोनसहित दुई पाकिस्तानी पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ।

पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई विमानस्थलबाट बुधबार साँझ पक्राउ गरिएको विमानस्थलस्थित सुरक्षा कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा ३१ वर्षीय यसिन अहमद, ४८ वर्षीय मोहम्मद अड्नान लखानी रहनुभएको छ। फ्लाई दुबईको जहाजमा दुबईबाट नेपाल आएका उहाँहरूलाई अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बरामद रकम नेपालमा ९५ लाख ४३ हजार ३ सय ८४ नेपाली रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ। उहाँहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग पठाइएको छ ।