२२ असार २०८३, सोमबार

ससुराली जान कपडामा आइरन गर्दा करेन्ट लागेर युवकको मृत्यु

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ३ फागुन । रौतहट जिल्लाको पूर्वीभेग राजदेवी नगरपालिकामा ससुराली जानको लागि कपडामा आइरन गर्ने क्रममा विद्युतको करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।

राजदेवी ७ मुडवालबा गाउँमा ससुराली जानको लागि तयारी स्वरुप आफ्नै कपडामा आइरन लगाउने क्रममा तारबाट विद्युत् चुहेर स्थानीय २५ वर्षीय तेजा ठाकुर लोहार करेन्ट लागेर अचेत भएका थिए । लगत्तै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताउनुभयो ।

बुबा आमाको एकमात्र छोरा रहेका ठाकुरको निधनले सिङ्गो गाउँ नै शोकमग्न भएको छ । मृतकको शव पोस्टमार्टम भएर बुधबार साँझ परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ठाकुरको नौ महिनाअघि मात्र विवाह भएको थियो।