
काठमाडौं, ३ फागुन । स्वरोजगार लघुवित्तको वार्षिक साधारण सभा फागुन २६ गते बस्ने भएको छ । लघुवित्तको सभामा शेयरधनीहरुलाई कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
सभामा कम्पनीले ७ प्रतिशत बोनस सेयर र कर सहित प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले फागुन १३ गते आइतबार बुक क्लोज गर्दैछ । तसर्थ, फागुन १० गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् । फागुन ११ र १२ गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार हुँदैन ।
यसैगरी, थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ । सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरी सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।









प्रतिक्रिया