
काठमाडौं, ३ फागुन । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ सामान्य बढेको छ भने युरो र पाउण्डको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ५६ पैसा र बिक्री दर १३३ रूपैयाँ १६ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०५ पैसाले बढेको हो । बुधबार अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ११ पैसामा कारोबार भएको थियो ।
बिहीबार युरोपियन युरोको एकको खरिद दर १४१ रूपैयाँ ८३ पैसा र बिक्री दर १४२ रूपैयाँ ४७ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँ ०४ पैसाले बढेको हो । बुधबार यसको खरिद दर १४२ रूपैयाँ ८६ पैसा र बिक्री दर १४३ रूपैयाँ ५१ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ एक रुपैयाँ ७० पैसाले घटेर एकको खरिद दर १६६ रूपैयाँ २२ पैसा र बिक्री दर १६६ रूपैयाँ ९८ पैसा कायम गरिएको छ । बुधबार यसको खरिददर १६७ रूपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७० पैसामा कारोबार भएको थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिद दर भने ८५ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८६ रूपैयाँ २२ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९७ रूपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३५ पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८४ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९८ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, बिहिबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ३५ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ५१ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ३५ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०९ पैसा र बिक्री दर ३६ रूपैयाँ २६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २७ रूपैयाँ ७० पैसा र बिक्रीदर २७ रूपैयाँ ८२ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिद दर ४२९ रूपैयाँ ७६ पैसा र बिक्री दर ४३१ रूपैयाँ ७१ पैसा र बहराइन दिनार एकको खरि ददर ३५१ रूपैयाँ ६३ पैसा र बिक्री दर ३५३ रूपैयाँ २२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।








प्रतिक्रिया