३ श्रावण २०८३, आइतबार

पेस्तोलसहित २ जना पक्राउ

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, ३ फागुन । बर्दघाट नगरपालिका वडा नम्बर १२ स्थित भटौलिया मझौनी सडक खण्डबाट अवैध हातहतियार पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोष्ट भटौलियाबाट खटिएको प्रहरी टोलिले गोप्य सूचनाको आधारमा पैदल हिँडिरहेका दुई जनालाई खानतलासी गर्दा एकजनाको साथबाट खल्तीमा राखेको अवस्थामा पेस्तोल फेला परेको प्रहरी नायव उपरीक्षक सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा बर्दघाट १३ बस्ने अजय अहिर र उनीसँगै रहेका सोही ठाउँकै कमल चौधरी रहेको प्रहरीले जनाएको छ । अजयको साथबाट पेस्तोल बरामद भएको प्रहरीले जनाइएको छ ।

दुई युवकहरू पेस्तोल बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा मंगरबार राती करिब १०ः२० को समयमा उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।

पक्राउ परेका दुबैजनालाई जिल्ला अदालतबाट बुधबार हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।