२ असार २०८३, मंगलबार

कपिलवस्तुमा बस दुर्घटना : १० जनाको मृत्यु, ३० घाइते

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, ३ फागुन । कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज बिहान शिवराज नगरपालिका–१ सुरही पुल नजिकै दुर्घटना हुँदा घटनास्थलमै १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

मृतकहरूको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका छन् ।

घाइते मध्ये ९ जनालाई बुटवल रिफर गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।