२७ असार २०८३, शनिबार

दुई किलो चरेससहित बैतडीबाट एक जना पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ३ फागुन । दुई किलो चरेससहित बैतडी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सिगास गाउँपालिका–९ श्रीभावरबाट बझाङको बित्थडचिर गाउँपालिका–५ का ६४ वर्षीय धौले महरलाई दुई किलोग्राम चरेससहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

महरलाई सिगास गाउपालिका–९ श्रीभावरस्थित खोड्पे–बझाङ सडकखण्डबाट चरेससहित पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताउनुभयो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट ढोल्यामोडबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले महरलाई चरेससहित पक्राउ गरेको हो ।

पक्राउ परेका महरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।