३१ जेष्ठ २०८३, आइतबार

एमालेले मुख्यसचिवसहितसँग गर्‍यो मध्यपहाडी विकासका बारेमा छलफल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको प्रतिनिधिमण्डल र सरकारका मुख्यसचिवसहित प्रशासनिक निकायका पदाधिकारीहरुबीच सिंहदरबारमा छलफल भएको छ ।

छलफलपछि एमाले उपाध्यक्ष पौडेलले मध्य पहाडी क्षेत्रमा नै भविष्यको खोजी गर्नुपर्छ भन्ने सन्देश दिने गरी आगामी नीति तथा कार्यक्रम बनाउनुपर्ने बताउनु भएको छ ।

उहाँले संकल्प यात्राका क्रममा मध्य पहाडी लोकमार्ग क्षेत्रको विकासका ध्यान नदिँदा त्यो क्षेत्रमा जनसांख्यिक असन्तुलन आइरहेको भन्दै त्यस्ता खालका असन्तुलन रोक्नको लागि सरकारले आगामी वर्षको नीति कार्यक्रम र बजेटमा आउने गरी मन्त्रालयगत विषयलाई महत्वका साथ अगाडि बढाउन सचिवहरूलाई आग्रह गर्नुभयो ।

सरकारले मध्यपहाडी लोकमार्गलाई देशको मेरुदण्डको रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले सरकारले मध्यपहाडी लोकमार्गको झुलाघाट–चिवाभञ्ज्याङसम्मकै डिपिआर परिमार्जन गर्न आवश्यक रहेको औँल्याउनुभयो । डिपीआर परिमार्जन गर्दा अनावश्यक रूपमा घुमेका मार्गलाई करेक्सन गर्न पनि आवश्यक देखिएको भन्दै करेक्सन गर्दा केही दूरी कम हुने उहाँको भनाई छ ।

छलफलमा प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला पनि सहभागी हुनुहुन्थ्यो ।