६ असार २०८३, शनिबार

ललितपुर महानगरले ५० जना नगरप्रहरी थप्यो

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरीहरू थपेको छ ।

गत पौष २४ गतेबाट ललितपुर महानगरपालिकाले नगर प्रहरी आधारभूत तालिम सञ्चालन गरी आज बुधबार समापन गरेको हो ।
तालिम समापन कार्यक्रममा महानगरपालिकाकामेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाको राम्रो काममा नगर प्रहरीको संलग्नता उच्च स्तरको रहेको बताउनुभयो ।

ललितपुरको असल अभ्यासलाई अरु पालिकाहरूले समेत अनुसरण गर्ने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘हाम्रो ललितपुर महानगरपालिकाको असल अभ्यास धेरै वटा छन् । धेरै वटा पालिकाहरूले यसलाई अनुसरण गरिएको छन् । त्यो मध्यमा सबै भन्दा सुस्त दुरुस्त र सबैले देखिने नगर पहरी नं १ मा आएको छ । अहिलेसम्म ललितपुर महानगरपालिकाले गरेको कामहरूमा नगर प्रहरीहरूको उच्चस्तरको छ, राम्रो छ ।’

मेयर महर्जनले ५० जना नगर प्रहरीहरू थपेर नगर प्रहरी बल अझ सशक्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज हामीले नगर प्रहरीहरू ५० जना थपेर हाम्रो नगर प्रहरी बल अझ सशक्त हुन गएको हामीले पायौँ । यो पनि ललितपुर महानगर बासिहरूको निमित्त उपहार हुनेछ भन्ने कुरामा दुई मत नरहला ।’