३ कार्तिक २०८३, मंगलबार

कुमारी सबल योजनामा आवेदन दिने समय लम्बियो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । कुमारी सबल योजनामा आवेदन दिने समय लम्बिएको छ । कुमारी क्यापिटल लिमिटेडले आइतबारदेखि निष्काशन गरेको इकाईमा अब फागुन १३ गतेसम्म आवेदन दिन सकिने छ ।

कुमारी क्यापिटलले माघ २८ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ ।

यसअघि यो फन्डमा पहिलो चरणमा फागसन २ गतेसम्म आवेदन दिन सकिने भनिए पनि सो समयमा माग अनुसारको आवेदन नपरेपछि आवेदन दिने समय लम्बिएको हो ।

क्यापिटलले कुमारी सबल योजनाको कुल १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४५ विज पुँजीवापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ ।

त्यस्तै, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १५ अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यो बन्दमुखी योजना हो । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सक्नेछन् ।