१५ असार २०८३, सोमबार

आज भ्यालेन्टाइन–डे, प्रेस साटासाट गरी विश्वभर मनाइँदै

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । आज फेब्रुअरी १४ अर्थात् प्रणय दिवस । विश्वभर प्रेम साटासाट गरी मनाइँदैछ ।

विशेष गरी प्रेमीप्रेमिकाहरूले आजको दिनलाई विशेषरुपमा मनाउने गर्दछन् ।

युवा पुस्तामाझ यो दिनप्रति विशेष आकर्षण छ ।

भ्यालेन्टाइन–डेका रुपमा नयाँ प्रेमी प्रेमिकाले यो दिनलाई विशेषरुपमा मनाउने गर्दछन् ।

प्रेम प्रस्ताव गर्ने, प्रेमको औपचारिक शुभारम्भ गर्ने वा उपहार आदान प्रदान गरेर यो दिनलाई मनाउने गरेको पाइन्छ ।

प्रेमका पक्षधर सन्त भालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेब्रुअरी १४ मा भालेन्टाइन–डे मनाउने गरिएको हो ।