
काठमाडौ, २ फागुन । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलर भाउ स्थिर रहेको छ भने युरो भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ५१ पैसा र बिक्री दर १३३ रूपैयाँ ११ पैसा कायम गरिएको छ । यसअघि मंगलबार अमेरिकी डलरको कारोबार पनि सोही मूल्यमा भएको थियो ।
बुधबार युरोपियन युरोको एकको खरिद दर १४२ रूपैयाँ ८६ पैसा र बिक्री दर १४३ रूपैयाँ ५१ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १५ पैसाले बढेको हो । मंगलबार यसको खरिद दर १४२ रूपैयाँ ७१ पैसा र बिक्री दर १४३ रूपैयाँ ३६ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिद दर १६७ रूपैयाँ ९४ पैसा र बिक्री दर १६८ रूपैयाँ ७० पैसा कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिद दर भने ८६ रूपैयाँ ४५ पैसा र बिक्री दर ८६ रूपैयाँ ८४ पैसा र क्यानेडियन डलरको एक खरिद दर भने ९८ रूपैयाँ ५६ पैसा र बिक्रीमा ९९ रूपैयाँ ०१ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८७ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९१ रहेको छ । चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिद दर ९ रूपैयाँ ९७ पैसा तथा बिक्री दर १० रुपैयाँ ०१ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बुधबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ३४ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ५० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ३३ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ४९ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ०८ पैसा र बिक्री दर ३६ रूपैयाँ २४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २७ रूपैयाँ ८० पैसा र बिक्रीदर २७ रूपैयाँ ९३ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिद दर ४३० रूपैयाँ ३३ पैसा र बिक्री दर ४३२ रूपैयाँ २७ पैसा र बहराइन दिनार एकको खरिद दर ३५१ रूपैयाँ ५२ पैसा र बिक्री दर ३५३ रूपैयाँ ११ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।








प्रतिक्रिया