
काठमाडौं, १ फागुन । एनआईसी एशिया बैंकले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ ।
केही सञ्चार माध्यमहरुमा बैंकको कर्जा असुली चिन्ताजनक रहेको, बैंकलाई राष्ट्र बैंकले छानबिन गरिरहेको रसोही सन्दर्भमा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेको राजीनामा आएको लगायतका विषयहरुमा प्रकाशित समाचारको खण्डन गर्दै गम्भीर ध्यानाकर्षण भएको बैंकले जनाएको हो ।
हाल बैंकमा नेपाल राष्ट्र बैंकको नियमित वार्षिक सुपरीवेक्षण चलिरहेको र उक्त सुपरीवेक्षण नेपाल राष्ट्र बैंकको नियमित क्यालेन्डर अन्र्तगत भएकोमा केही सञ्चार माध्यमहरुले नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकको छानबिन गरिरहेको र सो क्रममा बैंकमा ठूला कमजोरी तथा कैफियतहरु पत्ता लगाइएको भन्ने भ्रामक समाचारहरु प्रकाशित भएकोमा बैंकले आपत्ति जनाएको हो ।
बैंकले संस्थागत सुशासन, प्रचलितकानून तथ नियमनकारी व्यवस्थाहरुको परिपालना र आमनिक्षेपकर्ता, ऋणी, शेयरधनी, कर्मचारी लगायतका सम्पूर्ण सरोकारवालाहरुको हकहितको सम्वद्र्धनको विषयलाई सदैव सर्वाधिक उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेको छ ।










प्रतिक्रिया