२५ जेष्ठ २०८३, सोमबार

महालक्ष्मी विकास बैंकले ल्यायो नयाँ वर्ष लक्षित कर्जा योजना

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं, १ फागुन । महालक्ष्मी विकास बैंकले नयाँवर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा आकर्षक ब्याजदर रहने गरी नयाँ योजनाहरु ल्याएको छ ।

यी योजना अन्तर्गत महालक्ष्मी घर कर्जा र महा लक्ष्मी व्यवसायिक कर्जा मात्र १०.९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा ९व्यक्तिगत० मात्र ११।४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिनेछ । उपरोक्त तिनै प्रकारको कर्जाहरुमा पहिलो १ वर्षको लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवाशुल्कमा २५ प्रतिशत सम्म छुट प्रदान गरिने बैंकले जनाएको छ । साथै, आवश्यक सम्पुर्ण कागजात प्राप्त भएको ३ कार्य दिनभित्र नै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।

योजना अनुसार आवासीयरव्यापारिक घर/जग्गाखरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थपरपुर्ननिर्माण/मर्मत सम्भार गर्न महालक्ष्मी घर कर्जा अन्तर्गत न्यूनतम २ वर्ष देखीअधिकतम ३० वर्ष अवधी रहने गरी ५ करोड सम्मको कर्जा प्रदान गरिनेछ ।

यस्तै बैंकले साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्ष देखी १५ वर्षको अवधी सम्मको लागि १०.९९ प्रतिशतमा व्यवसायिक कर्जा प्रदान गर्ने योजना ल्याएको छ ।

त्यसै गरी, महालक्ष्मी सवारी कर्जा ९व्यक्तिगत० मा ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा प्रदान गरिने बैंकले जनाएको छ । सवारी कर्जा (व्यक्तिगत) को न्यूनतम अवधी २ वर्ष र अधिकतम अवधि ५ वर्ष सम्म रहनेछ । विद्युतीय सवारीको हकमा भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा र अन्य सवारीमा कोटेशन मुल्यको ५० प्रतिशत सम्म कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।

गत पुस २८ गते सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।