२४ जेष्ठ २०८३, आइतबार

महानगरले कान्ति अस्पतालको फोहोर नउठाउने

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागनु । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालको फोहोर संकलन तथा ढुवानी रोकेको छ । महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अस्पतालको फोहोर नउठाउने भएको हो ।

महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वको टोलीले अस्पतालको फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै फोहोर नउठाउने निर्णय गरेको हो ।

फोहोर वर्गीकरण र ढुवानी पूर्वतयारीमा कमजोरी देखिएपछि फोहोर नउठाउने जानकारी उपमेयर डंगोल नेतृत्वको टोलीले अस्पताललाई दिइएको हो।