९ असार २०८३, मंगलबार

वर्तमान कार्यभार पूरा गर्ने हैसियत प्रचण्डसँग मात्र छ : गृहमन्त्री

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तन अन्तरनिर्देश र जनताको आवश्यकता वा अपेक्षा अनुसार नभएको बताउनुभएको छ ।

मंगलबार माओवादी केन्द्रको प्रथम विधान अधिवेशनको उद्घाटन समारोहमा उहाँले राजनीतिक परिवर्तन भएपनि जनताको अपेक्षा अनुसार नभएको भन्दै अबको कार्यभार भनेको जनतालाई नयाँ जीवन पाएको अनुभूती गराउनु भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक परिवर्तनपछि सामाजिक, आर्थिक रुपान्तरण र विकासका क्षेत्रमा केही न केही भए तर त्यो हाम्रो राजनीतिक परिवर्तन अन्तरनिर्देश र जनताको आवश्यकता अपेक्षाअनुसार भएन । त्यसकारण अब हाम्रो ऐतिहासिक कार्यभार भनेको समृद्धिको यात्रालाई तिव्र गरेर जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यन्न, आवास, सञ्चार, बिजुली, खानेपानीजस्ता आवश्यकताहरु पूरा गरेर जनतालाई नयाँ जीवन पाएको अनुभूती गराउनु हो ।’

उहाँले मुख्य कार्यभार पूरा नगर्ने हो भने देश बरबादीको दिशामाजाने खतरा रहेको भन्दै कार्यभार पूरा गर्ने नेतृत्व अहिलेको प्रधानमन्त्रीले नै गर्न सक्नुहुने यथार्थ भएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभीमान, हितको रक्षार राष्ट्रिय एकतालाई बलियो बनाउनु पहिलो कार्यभार हो । हाम्रो उपलब्धीको रक्षा गर्नु र बलियो बनाउनु दोस्रो कार्यभार हो । राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गरेर रुपान्तरण गर्नु तेस्रो र चौथो कार्यभार भनेको आर्थिक समृद्धिमा क्रमबद्धता हो । यो चार कार्यभार पूरा नगर्ने हो भने देश बरबादीको दिशामाजाने खतरा छ । त्यसकारण कार्यभार पूरा गर्ने नेतृत्व अहिलेको प्रधानमन्त्रीबाटै संभव छ । अहिलेको यथार्थ हो ।’

उहाँले राष्ट्रिय कार्यभार र पार्टी पुननिर्माणको कार्यभार पूरा गर्न संकल्प गरेर अगाडि बढ्न पनि सबै कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । नेपालको आजको एतिहासिक परिवर्तनको लागि मुख्य भूमिका खेल्ने शक्ति जनयुद्ध नै भएको भन्दै यसमा विवाद गर्नु सत्यलाई स्वीकार नगर्नु भएको उहाँले स्पष्ट पार्नुभयो ।