२५ असार २०८३, बिहिबार

हजुरबुवा र नाति मृत फेला

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । पश्चिम नवलपरासीमा हजुरबुवा र नाति मृत फेला परेका छन्।

सुस्ता गाउँपालिका वडा नम्बर ३ मर्चहवाका हजुरबुवा ६५ वर्षीय यक्षलाल चमार र ११ वर्षीय नाति गौचरण मृत फेला पर्नुभएको हो । उहाँहरू घर नजिकै मृत फेला पर्नुभएको प्रहरीले जानकारी दिएको छ ।

घरमा मृतकका एक जना छोरा, दुई नाती, एक जना नातिनी र बुहारी बस्दै आउनुभएको थियो । छोरा भने डेढ महिना देखि भारतमा रोजगारीमा हुनुहुन्छ ।

छोरा विदेश गएपछि बुहारी एक जना नाती र नातिनी लिएर माइतीमा बस्दै आउनु भएको थियो । विगत ४ वर्षदेखि उहाँहरू छाप्रोमा बसेर खेतिपाती गर्दै आउनुभएको थियो ।

अहिले प्रहरीले कुकुरसहितको प्रहरीको टोलीले अनुसन्धान अगाडि बढाएको छ ।